एशियाली बक्सिङमा रजत जितेकी सुष्माले पाइन् पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एशियाली बक्सिङमा रजत जितेकी सुष्माले पाइन् पुरस्कार

काठमाडौं, १२ माघ । थाइल्याण्डमा भएको एशियन बक्सिङ च्याम्पियनशिपको ४८ केजी तौल समूहमा रजत पदक जितेकी नेपालकी सुष्मा तामाङलाई सरकारले ६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
उनी फाइनलमा उज्वेकस्तानकी फरजिता फजिलोभासँग पराजित हुँदै रजतमा सिमित भएकी हुन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था भएअनुसार उनले पुरस्कार पाउने भएकी हुन् । मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८० हजार र प्रशिक्षक सन्दीप श्रेष्ठले ६० हजार र संघले पनि १ लाख ८० हजार रुपैयाँ पाउने भएको छ । कास्य जितेका विजय बाटा, हेमा राई र त्रिशा जबेगुले समान ३ लाख पाउनेछन् । खेलाडीले कास्य जित्दा मुख्य प्रशिक्षक र संघले समान ९० हजार तथा प्रशिक्षकले ३० हजार पाउनेछन् ।

रजत जितेपनि सुुष्मा एशियन बक्सिङको फाइनलमा पुग्ने पहिलो खेलाडी बनिसकेकी छिन् । २० वर्षीया सुुष्मालाई विश्व बक्सिङको उदीयमान खेलाडीका रुपमा हेरिएको छ । प्रशिक्षक दिपक महर्जनले सुष्माले साहसका साथ खेलेको बताए । उनले सुष्माले भविष्यमा उत्कृष्ट प्रदर्शन गर्दै देशलाई पदक दिलाउन सक्ने आशा व्यक्त गरे ।

एसियन बक्सिङ महासंघको आयोजनामा थाइल्यान्डमा जारी यु–२२ प्रतियोगितामा नेपालको बक्सिङ खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । यसबाट बक्सिङ खेलाडीबाट फेरि आशा जगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);