म्याच फिक्सिङमा संलग्न नभएको सेभेन थ्री स्पोर्ट्सको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

म्याच फिक्सिङमा संलग्न नभएको सेभेन थ्री स्पोर्ट्सको दाबी

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगको ब्यवसायीक र रणनीतिक साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्सले म्याच फिक्सिङमा आफुहरु संलग्न नभएको दाबी गरेको छ ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले आज एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङका सबै आरोपहरू निराधार र मनगढन्ते भएको दाबी गरेको हो । सेभेन थ्री स्पोर्ट्सले विभिन्न मिडियामा फिक्सिङमा कम्पनीको नाम जोडिएर आएको समाचार सत्य नभएको समेत उल्लेख गरेको छ । म्याच फिक्सिङबारे प्रकाशित सबै समाचारहरुलाई सेभेन स्पोर्ट्सले कडा रूपमा अस्वीकार गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छानबिनमा नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको पाईएको छ । स्पट फिक्सिङको आरोपमा सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सेभेन थ्री स्पोर्ट्सले सीआईबीको अनुसन्धानमा प्रोत्साहन र सहयोग गर्ने समेत जनाएको छ । यस्तै सेभेन थ्री स्पोर्ट्सले कम्पनीका सञ्चालक जतिन अहलुवालिया नेपालबाट नभागेको पनि स्पस्ट पारेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो । तर सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता विवादमा पर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल टी ट्वान्टी लिगको छानविन गर्न गठित कार्यदलले प्रक्रिया पुरा नगरि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको भन्दै तत्काल खारेज गर्न सुझाव दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);