‘म्याच फिक्सिङ’ विवादबारे सीआईबीले थाल्यो अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

‘म्याच फिक्सिङ’ विवादबारे सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता विवादबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले अनुसन्धान अगाडि बढाएको छ ।

सीआईबीले नेपाल टी–२० मा ‘म्याच फिक्सिङ’ र ‘लाइभ बेटिङ’ भएको भन्ने उजुरी आएपछि अनुसन्धान थालेको जनाएको छ । सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । त्यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि मंगलबार प्रहरीलाई खेलमा देखिएको विवादबारे अनुसन्धान गर्न निर्देशन दिनुभएको थियो । गृह मन्त्रालयले पारिश्रमिक नदिई आयोजक भागेकोबारे युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विस्तृत जानकारी पनि मागेको छ ।

प्रतियोगितामा कमेन्टेटरका रूपमा काम गर्दै आएका सचिन तिमल्सेनाले पनि नेपाल टी–२० मा शंकास्पद गतिविधि देखिएको बताएका छन । उनले मंगलबारदेखि नै कमेन्टेटरको भूमिका छाडेका छन । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन आहलुवालिया सम्पर्कमा नआएको जनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);