‘स्पट फिक्सिङ’ प्रकरणः सिआईबीले सरकारी वकिललाई प्रतिवेदन बुझाँयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘स्पट फिक्सिङ’ प्रकरणः सिआईबीले सरकारी वकिललाई प्रतिवेदन बुझाँयो

cib

काठमाडौं, ३ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नेपाल टी–२० लिग क्रिकेटमा भएको भनिएको स्पट फिक्सिङबारे तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
सिआईबीले १० जनालाई प्रतिवादी बनाएको छ । उनीहरुलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सिफारिस गरेको बुझिएको छ ।

नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पट फिक्सिङमा नेपाल क्रिकेट संघ (क्यान) को कुनै संलग्नता नभएको सीआईबीले जनाएको छ । फिक्सिङमा सहभागी चार टोलीकै व्यवस्थापकसहित १० जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ ।

यसअघि सीआईबीले प्रतियोगितामा सहभागिता टोली मध्येको चार टिम काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको बताएको थियो । सीआईबीका अनुसार फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);