नेता र कलाकारहरुबीचको मैत्रीपूर्ण फुटबलमा जे देखियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेता र कलाकारहरुबीचको मैत्रीपूर्ण फुटबलमा जे देखियो

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि नेता र कलाकारहरु मिलेर फुटबल खेलेका छन् ।

आयोजक युवा संघको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल भएको हो । उक्त मैत्रीपूर्ण फुटबलमा नेकपा एमालेका नेताहरु महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रामप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कलाकारको तर्फबाट गायक बद्री पंगेनी, अभिनेता धिरेन शाक्य र हास्य कलाकार जितु नेपाल, सागर लम्साल, कुमार कट्टेल, कलाकार शंकर बिसी, गायिका रचना रिमाल लगायतको उपस्थिति रहेको थियो ।

युवा संघले फागुन ११ देखि केपी ओली कप राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);