म्यानचेस्टर सिटीका दुई खेलाडीलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्यानचेस्टर सिटीका दुई खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी,२२ भदाै । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटीका दुई खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।सिटीले सोमबार फरवार्ड रियाद महरेज र डिफेन्डर एम्रिक लापोर्टेलाई कोरोना संक्रमण देखिएको जनाएको हो ।

सिटीले कोरोना पोजेटिभ देखिएका दुवै खेलाडी सेल्फ आईसोलेसनमा रहेका समेत जनाएको छ । सिटीले प्रेश विज्ञप्ति जारी गर्दै उनीहरुको स्वास्थ्य सामान्य रहेको र कुनै लक्षण नभएको पनि जनाएको छ ।

प्रिमियर लिगको नयाँ सिजन आगामी शनिबारबाट शुरु हुँदैछ ।सिजनको पहिलो खेलमा सिटीले उल्भरह्याम्टनसँग खेल्नेछ ।२९ बर्षिय अल्जेरियन महरेज र २६ बर्षे फ्रेन्च खेलाडी लापोर्टे चाडै निको भएर खेलमा फर्किने सिटीको बिश्वास छ । दुबै जना बेलायत सरकार र प्रिमियर लिगको नियमअनुसार १० दिन आइसोलेसनमा रहने जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);