यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डद्वारा स्पेन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डद्वारा स्पेन पराजित

raheem sterling-spainvsengland

एजेन्सी, ३० असोज । यूईएफए नेसन्स लिग फुटबल लिग ए को समूह चारको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । गएराति भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ गोलले पराजित गरेको हो ।

निकै आक्रामक ढंगले मैदानमा उत्रिएको इंग्ल्यान्डले पहिलो हाफमै तीन गोल गरेको हो । इंग्ल्यान्डका राहिम स्टर्लिङले खेलको १६ औं र ३८ औं मिनेटमा दुई गोल गरे भने ३० औं मिनेटमा मार्कोस रास्फोर्डले एक गोल गरेका थिए ।

पहिलो हाफमा ३–० ले पछि परेपछि दबाबमा आएको स्पेनले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । उसका लागि ५८ औं मिनेटमा फ्रान्सिस्कोले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसैगरी ९० औं मिनेटमा सर्गियो रोमाले अर्को गोल थपे पनि टोलीलाई विजयी बनाउन भने सकेनन् ।

गएराति नै भएको लिग ‘ए’को समूह दुईको खेलमा स्वीजरल्यान्डले आइसल्यान्डलाई २–१ ले पराजित गरेको छ । त्यस्तै लिग बीको समूह तीनको खेलमा बोस्निया हर्जगोबिनाले नर्दन आयरल्याण्डलाई २–० ले पराजित गरेको छ भने लिग सीको समूह दुईको खेलमा इस्टोनिया र हंगेरीले ३–३ गोलको बराबरी खेलमा छन् । सोही समूहको अर्को खेलमा फिनल्याण्डले ग्रीसलाई २–० ले पराजित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);