सटिईभीटीको कामकार्वाही चित्तबुझ्दो भएन : विष्णु पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सटिईभीटीको कामकार्वाही चित्तबुझ्दो भएन : विष्णु पौडेल

काठमाडौं, ३ असार । नेकपाका महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी)को कामकार्वाही चित्तबुझ्दो नभएको बताउनुभएको छ ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पौडेलले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिईभीटीको काम चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाउनु भएको हो । उहाँले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण हुने गरी आफ्नो काम कार्वाहीलाई अघि बढाउन पनि सिटिईभीटीलाई सचेत गराउनु भयो ।

महासचिव पौडेलले जीवन उपयोगी शिक्षा र तालिम दिने उद्देश्यका साथ २०४५ सालमा स्थापना गरिएको सिटीईभिटीले मुलुकको राष्ट्रिय आवश्यक्ता अनुसारको जनशक्ति निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जरुरी रहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);