कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित

pidit

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिकमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा दुई सय ३१ जना पीडित भएको जनाएको छ । जसअनुसार एक सय चार महिला र एक सय २७ पुरूष गरी दुई सय ३१ जना पीडित भएको इन्सेककको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकले मंगलबार प्रकाशित गरेको समाचारअनुसार बागमतीमा एक सय ३४, प्रदेश १ मा २२, लुम्बिनीमा २१, प्रदेश २ मा २०, कर्णालीमा १८, गण्डकीमा १४ र सुदूरपश्चिम प्रदेशमा दुईजना पीडित छन् । कात्तिकमा प्रहरीले १५ जना महिलासहित एक सय १९ जनालाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनमा आबद्ध अधिवक्ताहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गरिएको प्रदर्शन र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ३० कात्तिकमामा आह्वान गरेको नेपाल बन्दका क्रममा सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको प्रतिवेदनमा जनाइएको छ ।

यस अवधिमा १३ घाइते, अमानवीय व्यवहारबाट एक, दुर्व्यवहारको घटनामा एक, जातीय विभेदको घटनामा एक र बम विस्फोटमा परी दुईजना घाइते भएका छन् । कात्तिकमा कारागारमा एकजनाको मृत्यु भएको छ । यस अवधिमा श्रीमान्द्वारा ६ श्रीमतीको हत्या भएको छ । त्यसैगरी बलात्कारपछि एकजनाको हत्या भएको जनाइएको प्रकाशित छ । ुकात्तिकमा बाल अधिकार उल्लंघनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लंघनका घटनामा ४७ जना महिला पीडित छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);