ट्राफिक प्रहरीको विशेष कार्ययोजना लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्राफिक प्रहरीको विशेष कार्ययोजना लागू

काठमाडाैं, २४ असाेज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी द्रुत टोली परिचालन कार्ययोजना बुधबारबाट लागू गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुनेगरी ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्य योजना लागू गरिएको घोषणा गरेका हुन् ।

दसैं, तिहारजस्ता चाडपर्वमा ट्राफिकको उचित व्यवस्था गर्न र जनताको जीउधनको सुरक्षा गर्ने कार्यलाई अझै प्रभावकारी बनाउन बुधबारबाट सो कार्ययोजना लागू गरिएको हो । चार पाङग्रे सवारी साधनका कारण अपराध नियन्त्रणमा कठिनाई भएपछि मोटरसाईकल परिचालन गरी सो कार्ययोजना संचालनमा ल्याउनु परेको प्रहरी महानिरीक्षक खनालले जानकारी दिए ।

एक महिने सो अभियानमा ५५ वटा मोटरसाईकल परिचालन गरिएको छ । टोलीमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए । टोली काठमाडौं उपत्यका अन्तरगतको काठमाडौं, ललितपुर र भक्तपुरमा परिचालित हुनेछन् ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सो एक महिने कार्ययोजनालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । एक महिनापछि सो टोलीका लागि थप ४५ वटा मोटरसाईकलको पनि व्यवस्था गर्ने प्रहरी महानिरीक्षक खनालको योजना छ ।

उपत्यका भित्रका नागरिकको सुरक्षा र ट्राफिकको उचित व्यवस्थापनका लागि सो टोली परिचालन गरिएको हो । टोलीले जनताको जीउधनको सुरक्षा गर्नेगरी आवश्यक अभियान पनि संचालन गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);