निर्मला हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कार्वाही गर्दा पनि सुख पाइन : सर्वेन्द्र खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

निर्मला हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कार्वाही गर्दा पनि सुख पाइन : सर्वेन्द्र खनाल

काठमाडौं, ९ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूमाथि कामै गर्न नसकेको आरोप लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कार्वाही गर्दा पनि आफूले सुःख नपाएको गुनासो गरे । आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनँले सो हत्याकाण्डको अनुसन्धान भईरहेको स्पष्ट पारे ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको बताए । उनले आफूमाथि कामै गर्न नसकेको आरोप आउनु न्यायोचित र तर्कसम्मत नहुने गुनासो गरे ।

प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिए । उनले सो समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही हुने पनि स्पष्ट पारे ।

प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बञ्जनविरुद्ध प्रमाण नपुगेकाले कार्वाही गर्न नसकिएको पनि स्पष्ट पारे । उनले बञ्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुग्यो भने उनीमाथि कार्वाही हुने स्पष्ट पारे । महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि सहकार्य गर्न पनि नागरिक समाजलाई पुनः अपिल गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);