अनुमानका भरमा समाचार नबनाउन संचारकर्मीलाई सर्बेन्द्र खनालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

अनुमानका भरमा समाचार नबनाउन संचारकर्मीलाई सर्बेन्द्र खनालको आग्रह

sarbendra khanal

काठमाडौं, ९ पुस । नेपाल प्रहरीले अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्पेषण नगर्न समग्र संचार जगतलाई आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानको अन्तिम नतिजा नआउँदै अनुमानका भरमा समाचार नबनाउन संचारकर्मीलाई आग्रह गरे ।

निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणका बारेमा संचार जगतमा आएका टिप्पणी प्रति इंगित गर्दै उनले प्रतिशतका आधारमा अनुसन्धानलाई व्याख्या गर्न नसकिने बताए । उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि प्रहरीको प्रयास जारी रहेको बताए ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीसंगको विज्ञताको उच्च प्रयोग गर्दै अनुसन्धान जारी राखेको पनि उल्लेख गरे । कतिपय घटनाको अनुसन्धानले लामो समय लिन सक्ने भन्दै उनले हतारमा नतिजा खोज्दा पन्त हत्याको अनुसन्धानमा कमजोरी भएको स्वीकार गरे । उनले अनुसन्धानमा कमजोरी गर्नेलाई कारवाहीको दायरामा ल्याईने प्रतिवद्धता जनाए ।

आफुले चढेको सवारी साधनका सम्बन्धमा संचारकर्मीले उठाएको जिज्ञासामा प्रहरी महानिरीक्षक खनालले सवारी साधनप्रतिको विलासिता नभई आवश्यकता भएको प्रतिक्रिया दिए । उनले अझै पनि प्रहरी प्रशासनमा स्रोतसाधनको अभाव रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);