संघीय संरचनामा जानका लागि तयार हुन सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संघीय संरचनामा जानका लागि तयार हुन सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संरचनामा जानका लागि तयार हुन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार १७ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्रको मुख्यालयमा आयोजित कार्यक्रममा मुलुक संघीय संरचनामा गएकाले शसस्त्र पनि अब संघीय संरचनामा जान तयार हुनुपर्ने बताएका छन् । उनले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्थापनाकालदेखि नै सुरक्षा चुनौती सामना गर्दै देश र जनताको सेवामा अहोरात्र खटिएको भन्दै सरकारले दिएको निर्देशन अनुसार काम गर्न संगठन प्रतिबद्ध रहेको बताए ।

१७ औं सशस्त्र प्रहरी दिवसमा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । सशस्त्र प्रहरीको स्थापना दिवस कात्तिक ७ गते पर्ने भएपनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा व्यस्त हुनुपरेकाले आज  मनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);