राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमसँग तालमेल गर्न औपचारिक प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमसँग तालमेल गर्न औपचारिक प्रस्ताव

oli-prachanda

काठमाडौं, ९ माघ । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमसँग राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्न औपचारिक प्रस्ताव गरेको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा वाम गठबन्धनमा आवद्ध दुई दलले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्न राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई प्रस्ताव गरेको हो । मधेसकेन्द्रत दुई दल पनि वाम गठबन्धनसँग तालमेल गर्न सकारात्मक देखिएको बताइएको छ ।

छलफलमा एमाले र माओवादी केन्द्रका नेताहरुले केन्द्रिय सरकार गठनमा पनि सहकार्य गरेर जान सकिने प्रस्ताव अघि सारेका थिए । एमाले र माओवादी केन्द्रले १३ सिटमा भने अन्य दलसँग सहकार्य गर्नेगरी राष्ट्रियसभा निर्वाचनमा जाने निर्णय गरेका थिए । बैठकमा एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ र अग्नी खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव सहभागी भएका थिए । त्यस्तै राजपा नेपालका सर्वेन्द्रनाथ शुक्ल, रामनरेश यादव, वृशेषचन्द्र लाल तथा संघीय समाजवादी फोरम, नेपालबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);