वाम र मधेशी गठबन्धनबीच तालमेल गर्ने विषयमा सहमति जुट्न सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वाम र मधेशी गठबन्धनबीच तालमेल गर्ने विषयमा सहमति जुट्न सकेन

काठमाडाैं, ९ माघ । वाम गठबन्धन र मधेशी गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा सहमति जुटन सकेन । मधेशी गठबन्धनमा आवद्ध राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्ने प्रतिवद्धता माग गरेपछि निर्वाचनमा तालमेल गर्नेबारे सहमति हुन नसकेको हो ।

वाम गठबन्धनले प्रदेश नम्बर २ मा सरकार बनाउन समेत सहकार्य हुने गरी राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव मधेशी गठबन्धनसँग मंगलबार विहान नै राखेको थियो । त्यसपछि बसेको बैठकमा मधेशी गठबन्धनले संविधान संशोधन गर्ने प्रतिवद्धता माग गरेपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

यता, मधेशी गठबन्धनका नेता वृशेषचन्द्र लालले राज्यपुनर्संरचना आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन गर्न बाम गठबन्धनबाट प्रतिवद्धता आउनुपर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

भोली (बुधबार) राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयन हुने कार्यसूचि छ । बैठकमा बाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन आवश्यक्ता र औचित्यको आधारमा हुने स्पष्ट पारेका थिए ।

बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नी खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव सहभागी  थिए भने राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृशेषचन्द्र लाल तथा संघीय समाजवादी फोरम, नेपालबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);