देश र जनताको शान्ति सुरक्षामा समर्पित हुन नेपाल प्रहरीलाई प्रधानमन्त्री देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २७ असोज ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको शान्ति सुरक्षामा समर्पित हुन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६२ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले शान्ति सुरक्षामा कुनै सम्झौता नगरी अगाडि बढ्न प्रहरी संगठनलाई निर्देशन दिएका हुन् । उनले शान्ति सुरक्षामा चुनौति बढ्दै गएको भन्दै सबैखाले चुनौतीको सामना गर्न नेपाल प्रहरी सक्षम हुने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई राजनीतिबाट मुक्त राख्नुपर्ने भन्दै निर्धक्क भएर जनताको सेवामा लाग्न निर्देशन दिए । उनले नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै आफ्नो कर्तव्य इमान्दारीतापूर्वक पालना गर्न आग्रह गरे ।

गृहमन्त्री शर्माले जनताको सुरक्षाका लागि टोलटोलमा प्रहरी कार्यक्रमको अवधारणा ल्याएको भन्दै यसलाई प्रभावकारी बनाउन पनि आग्रह गरे । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको सुरक्षाका लागि नेपाल प्रहरी सक्षम रहेको बताए । प्रहरी दिवसका अवसरमा यस बर्षको लाईफटाइम एचिभमेन्ट अर्वाड पूर्व प्रहरी प्रमुख कुवेरसिंह रानालाई प्रदान गरिएको छ । कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारहरुलाई राहत प्रदान गरिएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);