वाम गठबन्धनमा विवाद: डा. भट्टराई सूर्य चिन्हबाट चुनाव नलड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वाम गठबन्धनमा विवाद: डा. भट्टराई सूर्य चिन्हबाट चुनाव नलड्ने

Baburam-bhattrai-1

काठमाण्डौँ, २७ असोज । पछिल्लो समय निकै चर्चामा रहेको वाम गठबन्धन सिट बाँडफाँडका कारण विवादमा तानिएको छ । वाम गठबन्धनमा मिलेको नयाँ शक्ति पार्टीले अब सूर्य चिन्ह लिएर चुनाव नलड्ने भएको छ ।

यसअघि नयाँ शक्तिले एमाले र माओवादीसँग तालमेल गर्दै सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेको थियो । यद्यपी गठबन्धनमा आफूहरुलाई उचित स्थान नदिइको भन्दै अब नयाँ शक्तिले सूर्य चिन्ह लिएर चुनाव नलड्ने जनाएको हो ।

नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्नुको साटो नयाँ शक्तिकै चिन्ह आँखा लिएर लड्नुपर्नेमा नेताहरुले जोड दिएका हुन् । यद्यपी बैठकले यसको औपचारिक निर्णय भने गरिसकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);