परिवार दल सूर्य चिन्ह लिएर चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, २१ असोज । नेपाल परिवार दल आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ।

एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केहीबेरअघि भएको सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन लड्ने भएको हो।

दुई पार्टीबीच तीनबुँदे सहमति भएको छ। सहमतिपत्रमा एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन्। तर, परिवार दललाई दिइने प्रत्यक्ष र समानुपातिकतर्फको संख्या उल्लेख गरिएको छैन।

सिट संख्या सहमतिमा टुंगो लगाउने तथा देशभर एमाले उम्मेदवारलाई जिताउन परिवार दल सक्रिय भएर लाग्ने सहमतिमा उल्लेख छ। यस्तै, निर्वाचनपछि बन्ने संसद्मा परिवार दलले एमालेको ह्वीप मान्ने सहमति पनि भएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);