निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८३, सोमबार

निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग

काठमाडौँ ।

निर्वाचन आयुक्त सगुनशमशेर राणाले प्रश्तावित निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पारित भए निर्वाचन प्रणालीमा देखिएका करिव ९० प्रतिशत समस्या समाधान हुने बताउनुभएको छ ।शुक्रवार काठमाडौंमा निर्वाचन समिक्षा गोष्ठीमा  बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयमा फेरि पठाएको जानकारी दिँदै उक्त विधेयक, २०८४ सालको प्रदेश र स्थानीय तह निर्वाचनभन्दा पहिले पारित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विगतमा समेत निर्वाचनसम्बन्धी कानूनलाई संशोधन गर्ने विधेयक गृहमा पठाएको भएपनि संसदमा पेश हुनै नसकेको उल्लेख गर्नुभयो । उहाँले २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विभिन्न कोणबाट ऐतिहासिक भएको पनि बताउनु भयो । उहाँले निर्वाचनको क्रममा दलहरुले भौतिक रुपमाभन्दा बढी सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहित उल्लङ्घन गरेको समेत बताउनु भयो ।

Leave a Reply