कर्णालीमा लामाे दूरीकाे यातायात ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कर्णालीमा लामाे दूरीकाे यातायात ठप्प

सुर्खेत । एमसिसीकाे विराेधमा आह्वान भएकाे नेपाल बन्दकाे असर कर्णाली प्रदेशका जिल्लामा पनि परेकाे छ ।  एमसिसीको विरोधमा ६ वटा राजनीतिक दल र दुई माेर्चाले गरेकाे बन्दका कारण कर्णालीमा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् । स्कुल र बजार पनि बन्द भएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधन र कर्णालीका सबै जिल्लामा यातायातका साधन बिहानैदेखि चल्न नसकेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) भूवनेश्वर तिवारीले बताए ।

‘बजार क्षेत्रमा केही सवारी साधन गुडेका छन्,’ उनले भने,‘बजार क्षेत्रमा दुई पाँग्रे र केही साना सवारी सञ्चालनमा रहेपनि अघिल्लो दिनको तुलनामा कम सवारी गुडिरहेको छन् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);