संसद बैठकमा सभामुख उपस्थित नहुने आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संसद बैठकमा सभामुख उपस्थित नहुने आशंका

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने आशंका गरिएको छ । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसी १ बजेका लागि बोलाइएको छ । सो बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस हुने भएपछि सभामुख सापकोटा अनुपस्थित हुने कांग्रेसले आशंका गरेको हो ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने सभामुख सापकोटा बैठकमा उपस्थित नहुने आशंका गरिएको हो । माओवादीका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी नहुने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् । 

अर्थमन्त्री शर्मा बैठकमा सहभागी नहुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएका छन् । यसर्थ माओवादीका पूर्वनेतासमेत रहेका सभामुख सापकोटा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने बुधबारको बैठकमा अनुपस्थित हुने कांग्रेसको आशंका रहेको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);