मधेसी मोर्चाका कार्यकर्ता नीजि सम्पती तोडफोटमा उत्रिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मधेसी मोर्चाका कार्यकर्ता नीजि सम्पती तोडफोटमा उत्रिए

२५ फाल्गुन, सप्तरी । प्रहरीसँगको झडपका क्रममा गत सोमवार गोली लागेर घाईते भएका सप्तरी मलेठ–२ निवासी ३२ वर्षीय विरेन्द्र महतोको वुधवार मृत्यु भएपछि सप्तरीको अवस्था थप तनाव ग्रस्त वनेको छ ।

महतोको मृत्युको खवर प्राप्त हुनासाथ जिल्लामा संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाको आन्दोलन झनै चर्किएको छ । आक्रोसित मोर्चाका कार्यकर्ताहरुले वुधवार विहानैदेखि जिल्लाका प्रमुख वजारहरुमा टायर वालेर प्रदर्शन गर्नुका साथै एमाले पार्टी कार्यालय तथा एमालेका नेता र सांसदको घरमा ढुंगामुढा प्रहार गरेका छन् ।

यसैक्रममा आन्दोलनकारीले यातायात, कलकारखाना, उद्योगधन्दा, शैक्षिक संस्था ब्यापारीक प्रतिष्ठान तथा सरकारी कार्यालयहरु समेत ठप्प पारेका छन् । यस्तै एमाले सांसद रञ्जु ठाकुरको राजविराज ९ स्थित डेरा, एमाले केन्द्रिय सदस्य सुमन प्याकुरेलको राजविराज ४ स्थित घरमा र एमाले जिल्ला सदस्य कमानन्द देवको राजविराज ९ स्थित घरमा पनि ढुंगामुढा गरी क्षती पु¥याईएको छ । प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवको राजविराज ९ स्थित घरमा पनि ढुंगामुढा गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);