गाउँपालिका अध्यक्षको घरमा माओवादी केन्द्रका कार्यकर्ताद्वारा ढुंगामुढा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गाउँपालिका अध्यक्षको घरमा माओवादी केन्द्रका कार्यकर्ताद्वारा ढुंगामुढा

सिमकोट । हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन् । शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् ।

गहेको शुक्रबार रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घर घेरेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । अदानचुली गाउँपालिकाका स्थानीयका अनुसार ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको बताएका छन् । घरमासमेत सामान्य क्षति पुगेको रेडियो श्रीनगरका कालीबहादुर थापाले जानकारी दिए ।

घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थलमा पुगेर घटना नियन्त्रण लिन खोज्दा प्रहरी असई कृष्ण बुढालाई सामान्ने चोट लागेको जिल्ला प्रहरी कर्यालयको स्रोतले जानकारी दिएको छ । गाउँपालिका केन्द्र समेत रहेको श्रीनगरमा प्रहरी चौकी भए पनि जनशक्ति कमी भएका कारण नजिकका प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । माओवादी केन्द्रका कार्यकर्ताले शुक्रबार राति गाउँपालिका अध्यक्ष फडेराको नेतृत्वमा नारा जुलुस गर्दै एउटा पसल र होटेलमा तोडफोडका साथै कार्यकर्तामाथि हातपातसमेत गरेको आरोप लगाएका थिए ।

त्यसको प्रतिवाद स्वरूप शनिबार अध्यक्ष फडेराको घर घेर्ने कार्य गरिएको माओवादी अदानचुलीले विज्ञप्ति निकालेर जानकारी गराएको हो । अहिले अध्यक्ष फडेरा भने आफ्नै घरमा बसिरहेको प्रहरीले जनाएको छ । दुवै पक्ष आक्रोशित भएका कारण घटनाले ठूलो रुप लिन सक्ने देखिएको छ ।घटनाको छेतिको बारेमा केही जानकारी नआएको र घटना दोषी कसैलाई पनि प्रहरीले नियन्त्रणमा नलिएको जिल्ला स्थरका नेतासँग छलफल भई रहेको प्रहरी नायव उपरीक्षक कृष्ण बजाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);