सप्तरीमा टिभी को स्वीच अन गर्दा करेन्ट लागि १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सप्तरीमा टिभी को स्वीच अन गर्दा करेन्ट लागि १ जनाको मृत्यु

सुमन रायमाझी,

सप्तरी । सप्तरीको रुपनी गाँउपालिका ३ मा टिभी को स्वीच अन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरी रुपनी गाँउपालिका ३ स्तिथ हर्दिया टोल निवासी २४ वर्षिय अमृता देवी यादव रहेको छ ।

२०७८ जेठ ७ गत्ते रातको समयमा अमृताले आफ्नै घरको टिभी को स्वीच अन गर्ने क्रममा करेन्ट लागि घाईते भई उपचारको लागी अस्पताल लादै गर्दा बाटोमा मृत्यु भएको छ ।

मृतकको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);