टिप्परले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

टिप्परले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३ जना घाइते

बर्दिया (मधुवन), १९ मंसिर । टिप्परले कारलाई ठक्कर दिदा दुईजनाको मृत्यु भएको छ । बर्दिया को मधुवन नगरपालिका वडा नं। ४ स्थित ढोढरी चोकमा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।

चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिप्परले पुर्वबाट आउदै गरेको वा १६ च २४५३ नम्वर को कारलाई ढोढरी चौकमा दिउसो करीव २ स्३० बजे टिप्परले ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुलरिया नगरपालिका वडा नं ४ का २५ वर्षिय सुरेन्द्र गोडिया र कन्चनपुरकी १८ वर्षिय निधी सुनार को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

दुर्घटनामा प्रहरीका अनुसार गुलरिया ४ का २५ वर्षिय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षिया कृतिका सुनार तथा कन्चनपुरकी २५ वर्षिया कमला सुनार गम्भीर घाईते भएका छन् ।

घाइतेहरुलाई थप उपचारको लागी नेपालगञ्ज लगिएको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);