पारिवारिक निजी वन संघ नेपालले वन पैदावारमा लगाएको प्रतिबन्ध तत्काल हटाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पारिवारिक निजी वन संघ नेपालले वन पैदावारमा लगाएको प्रतिबन्ध तत्काल हटाउन माग

काठमाडौं, १८ मंसिर । पारिवारिक निजी वन संघ नेपालले वन पैदावारमा लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । संघीय सरकारले जिल्लामा अनावश्यक संरचना खडा गरी वन स्रोतमाथि नियन्त्रण गरेको पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोगराज गिरीले बताउनु भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यो अवस्था अन्त्य गर्न माग गुर्नभएको हो । निजी वनको आडमा सालका काठको अवैध ओसारपसार भएको र हरिया रुखहरु पनि काटिन थालेको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि पनि रुख काटेको भन्दै केही किसानहरु अहिले पनि मुद्दा खेपिरहेका छन् । सरकारले यसै विषयमा अध्ययन गर्न वन सम्बन्धी उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको थियो । सो समितिले अध्ययन गरी प्रतिवेदन समेत बुझाइसकेको छ ।

समितिले पारिवारिक निजी वनलाई प्रवर्द्धन गरी हक उपयोग गर्न सरल व्यवस्था बनाउन समेत सुझाव दिएको छ । तर सो प्रतिवेदन कार्यान्वयन नभएको निजी वन उपभोक्ताको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);