५ सय ९४ जना विद्यार्थीलाई सोलार टुक्की वितरण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

५ सय ९४ जना विद्यार्थीलाई सोलार टुक्की वितरण

solar tuki

काठमाडौं, ८ असार । डडेल्धुराको अमरगढी नगरपालिकाले ५ सय ९४ जना विद्यार्थीलाई सोलार टुक्की वितरण गरेको छ ।

नगरपालिकाले ८ वटा माध्यमिक विद्यालयका ५ सय ९४ जना विद्यार्थीलाई सोलार टुक्की वितरण गरेको गरेको हो । वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको आर्थीक सहयोग र अमरगढी नगरपालीकाको सहकार्यमा शिक्षाका लागि उज्यालो कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सोलार टुक्की वितरण गरिएको हो ।

घरमा विजुली जडान गर्न नसकेका दलित विपन्न वर्गका विद्यार्थीको शिक्षामा सुधार गर्ने सोलार टुक्की वितरण गरिएको नगरपालिकाको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);