काठमाडौंमा 'तेस्रो राष्ट्रिय खाद्य मेला' सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंमा ‘तेस्रो राष्ट्रिय खाद्य मेला’ सुरु

khadya mela

काठमाडौं, १० चैत । तेस्रो राष्ट्रिय खाद्य मेला काठमाडौंको भृकृटिमण्डपमा सुरु भएको छ । स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो ।

मेलाको उद्घाटन गर्दै कृषि तथा भूमिसुधारमन्त्री चक्रपाणि खनालले गुणस्तरीय खाद्य बस्तु उपभोगका लागि मेला प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
३ दिनसम्म चल्ने मेलामा विभिन्न खाद्य बस्तुका साथै नेवार, थारु, राईलगायत विभिन्न जनजातिका खाद्य परिकार प्रदर्शनीमा राखिएको छ ।

७८ वटा स्टल रहेको मेलामा विभिन्न खाद्यबस्तु विक्रि वितरणका ४० वटा स्टल, विभिन्न संघ÷संस्थाका जानकारीमूलक स्टल २४ वटा र विभिन्न जातजातिका खानाका परीकारका १४ स्टल रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);