बम विष्फोटको विरोधमा लहान बजार बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बम विष्फोटको विरोधमा लहान बजार बन्द

lahan bajar banda

सिरहा, १० चैत । विकास ट्रेडर्स, सुनचाँदी पसलमा गराइएको बम विष्फोटको विरोधमा सिराहको लहान बजार बन्द गराइएको छ । उद्योग वाणिज्य संघको आह्वानमा आज लहान बन्द गराइएको हो ।

शुक्रबार विकास ट्रेडर्समा बम विष्फोट गराईंदा ८ जना घाइते भएका थिए । विस्फोटमा परी विकास ट्रेडर्सका संचालक विकास सारडा, उनका भाई राहुल, पसल मै काम गर्ने अनुशिता कुमारी चौधरी, लहान ११ की विनिता कुमारी चौधरी घाइते भएका छन् ।

यस्तै सुनचाँदी पसलमा पुगेका सिरहाको मझौराका देवकुमारी यादव, उनका ७ वर्षीय छोरा सतिश, मधोपुर कालाबन्जरकी बबिता यादव र सप्तरी सुरुङ्गा नगरपालिका ६ की मोनिका देवी पनि घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको सप्तऋषि अस्पताल र २ जनाको राम कुमार स्मारक अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये ७ वर्षीय बालक सतिशको अवस्था गम्भीर रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);