लाहानमा विस्फोट हुँदा एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लहान, २८ मंसिर। लहानस्थित शहीद चोकमा आज दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिनुभयो ।

हात र पिठ्यूँमा गम्भीर चोट लागेको चौधरीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

घटनास्थलबाट जनतान्त्रिक तराईमुक्ति मोर्चा ९क्रान्तिकारी० को पम्प्लेट फेला परेको प्रहरी निरीक्षक राउतले बताउनुभयो । बम विस्फोटका सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);