लहानमा बम विस्फोट, एकजना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

लहानमा बम विस्फोट, एकजना घाइते

bomb

सिरहा, १० फागुन । सिरहाको लहान बजारमा बम विस्फोट भएको छ । बिहीबार दिउँसो बजार क्षेत्रमै प्रेसर कुकर बम विस्फोट भएको हो ।

विस्फोटमा परी स्थानीय ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन् । अग्रवालको गर्धन र टाउकोमा चोट लागेको बताइएको छ । घाइते अग्रवालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बम विस्फोट भएको स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोहित समूहको पर्चा भेटिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);