नेपालमा अघिल्लो वर्षभन्दा २ अंकले भ्रष्टाचार बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपालमा अघिल्लो वर्षभन्दा २ अंकले भ्रष्टाचार बढ्यो

सरोज थापा
काठमाडौँ, १० फागुन । सरकारी निकायका उदासीनता तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जवाफहीनताका कारण नेपालमा भष्ट्राचार बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०१७ मा विश्वका १ सय ८० मुलुकलाई आधार मानेर गरेको सर्भेक्षणअनुसार भ्रष्ट्राचारको मात्रा अघिल्लो वर्षभन्दा दुई अङ्कले बढेर नेपाल १२२ औं स्थानमा उक्लेको छ ।

सन् २०१४ मा १ सय ७५ मुलुकलाई आधार मानी गरेको सर्भेेले नेपालाई १ सय २६ औं स्थानमा देखाएको थियो । तर, गत बर्ष चार स्थान तल झर्दै नेपाल १ सय ३० औं नम्बरमा पुग्यो । ट्रन्परेन्सी इन्टरनेशनलको तथ्यांकअनुसार यो वर्ष १ सय ८० मुलुकलाई आधार मानी गरिएको सर्वेक्षणमा नेपाल दुई अंक बढाएर १ सय २२ औँ स्थानमा उक्लेको छ । राजनीति, न्यायमा पहुँच, वित्तीय अनुशासनलगायत ६ वटा मापदण्डलाई आधार मानेर सर्वेक्षण गरिएको थियो ।

त्यसक्रममा प्राप्त अंकको औसत निकालेर ट्रान्सपरेन्सी इन्टरनेशनलले सूचकांक तयार पारेको हो । सूचकांक अनुसार सबैभन्दा पछाडि रहने मुलुकलाई भ्रष्ट मानिन्छ । त्यस आधारमा नेपाल १ सय ८० मुलुकमध्ये भ्रष्टाचार धेरै हुने मुलुकको सूचीमा २० औं स्थानमा परेको छ । यसरी नेपालमा भ्रष्टाचार बढ्नुको कारण मुख्यतः राजनीतिक आचारणमा सुधार नहुनु नै रहेको भ्रष्टाचारविरोधी अभियानताहरु बताउँछन् ।

नेपालले चार वर्ष पहिले पनि ३१ अंक ल्याएको थियो । त्यतिखेर नेपाल १ सय १६ औं स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले ४० भन्दा कम अंक ल्याउने देशलाई भ्रष्ट देशको सूचीमा राख्ने गरेको छ । नेपालभन्दा धेरै भ्रष्टाचार हुने मूलकुको सूचिमा इरान, म्यानमार, युक्रेन, मेक्सिको, रसिया, बंगलादेश छन् । यस्तै केन्या, क्यामरुन, इराक, उत्तर कोरिया, अफगानिस्तान, सुडान लगायतका मुलुकमा पनि नेपालभन्दा बढी भ्रष्टाचार हुने गरेको देखिएको छ । सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकमा भुटान ६७ अंकसहित २६ औं स्थानमा रहेको छ ।

ट्रान्सपरेन्सीको सूचकांक अनुसार भारत ८२, श्रीलंका ९२, माल्दिभ्स ११२, पाकिस्तान ११७, बंगलादेश १४३ र अफगानिस्तान १७७ औं स्थानमा छन । तथ्यांकअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड पहिलो र डेनमार्क दोस्रो स्थानमा छन् । उनीहरुले पाएको नम्बर क्रमशः ८९ र ८८ छ । चीन ४१ नम्बरसहित ७७ औं स्थानमा छ । दक्षिण एशियाका देशहरुमध्ये अफगानिस्तान पुछारबाट चौथो स्थानमा छ । जम्मा १५ अंक पाएको अफगानिस्तान १७७ औं स्थानमा छ ।

यसैगरी बंगलादेश १४६ औं स्थानमा रहँदा पाकिस्तान १२३, माल्दिभ्स ११८, श्रीलंका ९७, भारत ८५ र भुटान २९ औं स्थानमा छन् । पत्रकार र नागरिक संस्थाको सुरक्षाको प्रत्याभूति नभएका देशमा बढी भ्रष्टाचार हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा खासगरी सरकारी निकाय तथा सार्वजनिक पदमा रहेका व्यक्तिको कामकर्तव्य तथा जबाफदेहीताको अभावमा भ्रष्टाचार बढ्दै गएको देखिन्छ । अझ पछिल्लो समय त भ्रष्टाचार नीतिगत रुपमै मौलाउँदै गएको भ्रष्टाचारविरोधी अभियानताहरुको भनाइ छ ।

हालै सम्पन्न निर्वाचनमार्फत जनताको म्यान्डेड पाएर गठित सरकारले समृद्ध नेपाल निर्माणको लक्ष्य राखेको छ । तर, मुलुकमा भ्रष्टाचार यसरी नै मौलाउँदै जाने हो भने सरकारको लक्ष्य मृगमरिचिका मै सीमित हुने छ । मुलुकमा जवाफदेहीता स्थापना नभएसम्म सुशासन र समृद्धिको परिकल्पना गर्न सकिँदैन । त्यसैले समृद्धिको लक्ष्य वास्तवमै हासिल गर्न चाहने हो भने सरकारले नीतिगत रुपमै मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);