नेपाल भ्रष्टाचार धेरै हुने मुलुकको सूचिमा २० औं नम्बरमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाल भ्रष्टाचार धेरै हुने मुलुकको सूचिमा २० औं नम्बरमा

भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले आज विश्वभर सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी सूचकांकमा गत वर्षभन्दा २ अंक बढी ल्याएर नेपाल १२२ औं स्थानमा उक्लिएको हो ।

corrupt

काठमाडौं, १० फागुन । भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले आज विश्वभर सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी सूचकांकमा गत वर्षभन्दा २ अंक बढी ल्याएर नेपाल १२२ औं स्थानमा उक्लिएको हो ।

ट्रान्सपरेन्सीले राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासन सहित ६ वटा मापदण्डलाई आधार मानेर गरिएको अनुसन्धानका आधारमा प्राप्त अंकको औसत निकालेर सूचकांक तयार पारेको हो । सूचकांक अनुसार सबैभन्दा पछाडी रहने मुलुकलाई भ्रष्ट मानिन्छ । त्यस आधारमा नेपाल १ सय ८० मुलुकमध्ये भ्रष्टाचार धेरै हुने मुलुकको सूचीमा २० औं स्थानमा परेको छ । नेपालभन्दा धेरै भ्रष्टाचार हुने मूलकुको सूचिमा इरान, म्यानमार, युक्रेन, मेक्सिको, रसिया, बंगलादेश, केन्या, क्यामरुन, इराक, उत्तर कोरिया, अफगानिस्तान, सुडान लगायत मुलुक परेका छन् ।

नेपालले चार वर्ष पहिले पनि ३१ अंक ल्याएको थियो । त्यतिखेर नेपाल ११६ औं स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेश्नलले ४० भन्दा कम अंक ल्याउने देशलाई भ्रष्ट देशको सूचिमा राख्ने गरेको छ । सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकमा भुटान ६७ अंकसहित २६ औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सीको सूचकांक अनुसार भारत ८२, श्रीलंका ९२, माल्दिभ्स ११२, पाकिस्तान ११७, बंगलादेश १४३ र अफगानिस्तान १७७ औं स्थानमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);