नेपालमा भ्रष्टाचार घटेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

नेपालमा भ्रष्टाचार घटेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन

transparency

काठमाडौं, ९ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनलले एक वर्षको अवधिमा नेपालमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विहिबार सार्वजनिक गरेको सन २०१९ को सर्वेक्षण प्रतिबेदनले भ्रष्टाचार अवधारणा सूचकांक करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआईमा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको देखाएको हो ।

सन् २०१८ मा नेपाल ३१ अंक सहित १ सय २४ औ स्थानमा थियो । सन २०१९ को सर्वेक्षणमा नेपाल १ सय १३ औँ स्थानमा रहेको देखाएको हो ।सन् २०१९ मा ३ अंक बढी प्राप्त गरि ३४ अंक पुगेपनि सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकहरुमा २० औ स्थानमा परेको छ ।

ट्रान्सपरेन्सीका अनुसार सुशासन हुने मुलुकहरुको वरीयताक्रममा नेपाल १२२ औं स्थानबाट ११३ औं स्थानमा उक्लिएको छ । प्रतिवेदनले मुलुकमा भ्रष्टाचार नियन्त्रणको प्रयास सुधारोन्मुख भएको देखाएपनि पनि आशाअनुसारको प्रतिफल नदेखिएको ट्रान्सपरेन्सीको विश्लेषण छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारलाई शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपात रहित बजेट र सेवामा सरोकारवालाहरुको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, निर्वाचनमा देखिने विकृति नियन्त्रण तथा राजनीति प्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);