नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरूको १२४ औं स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरूको १२४ औं स्थानमा

corruption index

काठमाडौं, १५ माघ । दुईतिहाईको सरकार गठन भएपछि पनि नेपालमा भ्रष्टाचारमा कमि आउन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको प्रतिवेदनले देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कले निर्वाचपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी , राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालिन समस्या विद्यमान रहेको देखाएको हो ।

मुलुकमा स्थिर राजनीति कायम भएको भन्दै दुईतिहाईको सरकारले भ्रष्टाचार नियन्त्रणलाई मुल नारा बनाएको भएपनि सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमीका कारण नेपाल गतबर्षको भ्रष्टाचार सूचांक भन्दा माथि उठ्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कले नेपाललाई गत बर्षकै स्थानमा अर्थात् धेरै भ्रष्टाचार हुने मुलुकहरु मध्ये (पछाडीबाट गन्दा ) १८ औ स्थानमा देखाएको हो । विभिन्न ६ वटा संस्थाले १ सय ८० देशमा गरेको सर्वेक्षणका आधारमा भ्रष्टाचार अवधारण सूचकांङ्क २०१८ मा नेपाललाई १ सय मा ३१ अंक दिईएको छ । यो गत बर्षकै अंक भएकाले यस बर्ष पनि भ्रष्टाचारको अवधारणामा सुधार देखिदैन ।

दक्षिण एसियाका मुलुकहरु मध्ये नेपाल तेश्रो बढी भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएको छ । पहिलोमा अफगानिस्तान र दोश्रोमा बंगलादेश रहेका छन् ।

सूचकाङ्कमा समावेश १ सय ८० देश मध्ये डेनमार्क कुल १०० मा ८८ अंक प्राप्त गरी सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);