मुलुकमा कुनै पनि किसिमको भ्रष्टाचार हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि किसिमको भ्रष्टाचार हुन नदिने बताएका छन् । नेपालमा भ्रष्टाचारमा कमी आउन नसकेको प्रतिवेदन सार्वजनिक भईरहँदा मंगलबार नै सशस्त्र प्रहरी बलको १८ आंै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि किसिमको भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

उनले सरकारी सम्पत्तिको अनुचित र गैह्कानूनी दोहन वा गतल प्रयोग प्रति सहज र क्रियाशिल रहेको बताए । उनले भने “भ्रष्टाचार गर्ने कुरामा, मैले अगाडिदेखि भन्दै आएको छु कि म आफू पनि गर्दिन र अरुलाई गर्न पनि दिन्न । गरेमा कसैको अनुहार हेरिने छैन । कसैप्रति कुनै मेलाहिजा राखिने छैन । ” उनले भ्रष्टाचार रोक्न क्रियाशिल रहेको भन्दै सरोकारित सबै निकायलाई धन्यवाद पनि दिए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले पनि भ्रष्टाचारमा शुन्य सहनशीलता र आर्थिक अनियमितता हुन नदिन सचेत रहेको बताए । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार नै सार्वजनिक गरेको भ्रष्टाचार अवधारण सूचकांङ्क २०१८ प्रतिवेदनले नेपाल गतबर्षको भ्रष्टाचार सूचकाङ्क भन्दा माथि उठ्न नसकेको देखाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);