डा. केसीसंगको सहमति कार्यान्वयन गर्न पूर्व प्रधानन्यायाधीश श्रेष्ठको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

डा. केसीसंगको सहमति कार्यान्वयन गर्न पूर्व प्रधानन्यायाधीश श्रेष्ठको माग

dr govinda kc-kalyan shrestha

काठमाडौं, १५ माघ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अनसनरत वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीसंगको सहमति कार्यान्वयन गर्न सरकारसंग माग गरेका छन् ।

डाक्टर केसीको स्वास्थ्य लाभको कामना तथा उनको मागमा ऐक्यवद्धता जनाउन मंगलबार त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल पुगेका पूर्व प्रधानन्यायाधीश श्रेष्ठले अबिलम्ब डाक्टर केसी संगको सहमति कार्यान्वयन गर्न माग गरेका हुन् । उनले बहुमतको प्रयोग अख्तियारी देखाउन नभई विवेकसम्मत काम गर्नमा प्रयोग गर्न सरकारलाई सुझाव दिए ।

डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गरि फर्कदै गर्दा संचारकर्मीसंगको संक्षिप्त प्रतिक्रियामा उनले आफु कुनै राजनीतिक कित्तामा जोडिन नभई समूदायको हितको प्रतिरक्षाका लागि लडेका डाक्टर केसीको जीवनरक्षाको पक्षमा रहेको बताए ।

सरकार र डाक्टर केसीबीच संवादहिनताको अवस्थाले मुलुक नया चरणको द्धन्द्धमा फस्ने खतरा बढाएको भन्दै पुर्व प्रधानन्यायाधीश श्रेष्ठले सरकारलाई संवादका सबै ढोका खुल्ला राख्न आग्रह गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);