डाक्टर केसीको समर्थनमा रिले अनसन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

डाक्टर केसीको समर्थनमा रिले अनसन

आफुहरुको मागलाई कमजोरी नठान्न सरकारलाई चेतावनी

काठमाडौं, १५ माघ । अनसनरत डाक्टर गोबिन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा रिले अनसन बसेका आवासिय चिकित्सकहरुले आफुहरुको मागलाई नजरअन्दाज गरिए विरोधले उग्र रुप लिने चेतावनी दिएका छन् ।

अस्पताल परिसरमा रिले अनसन बसेका आवासिय चिकित्सकहरुमाथि प्रहरी हस्तक्षेप भएको भन्दै उनीहरुले सो को विरोध गरेका छन् । पेशागत जिम्मेवारीबोधका कारण आफुहरुले अझै पनि शहनशीलता नगुमाएको भन्दै उनीहरुले त्यसैलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए ।

डाक्टर केसीको मागमा ऐक्यवद्धता जनाउँदै नेपाल चिकित्सक संघको आह्वानमा सोमबारदेखि आवासिय चिकित्सकहरु त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनसन बसेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);