भ्रष्टाचार: शुन्य एकै पटक हुँदैन, विरुद्ध लड्न सजिलो छैन, समय लाग्छ - प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भ्रष्टाचार: शुन्य एकै पटक हुँदैन, विरुद्ध लड्न सजिलो छैन, समय लाग्छ – प्रधानमन्त्री ओली

pm oli

काठमाडौं, १ बैशाख । विभिन्न घटनाक्रम हामीमाझ छोड्दै वर्ष २०७५ हामीबाट विदा भएको छ । वर्ष २०७६ को स्वागतसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा संवोधन गरेका छन् । प्रधानमन्त्री ओलीले वर्ष २०७५ ले नेपाल सरकारको आत्मविश्वासलाई थप सुदृढ बनाएको भन्दै साझा राष्ट्रिय लक्ष्य सम्पन्न गर्र्न असंख्य नयाँ कार्यसूचि सहित नयाँ वर्ष २०७६ ले हामीलाई स्वागत गरेको बताएका छन् ।

नयाँ वर्ष २०७६ को आगमनसंगै आईतबार बिहानै सरकारी निवास बालुवाटारबाट देशभित्र र बाहिर रहेका समस्त नेपालीलाई २०७६ सालको शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले मुलुक सम्मुन्नत विकासको पथमा लम्किएको भन्दै २०७६ साल विशेष उपलब्धिमूलक बर्ष हुने दावी गरेका छन् । प्रधानमन्त्री ओलीले वर्ष २०७५ ले नेपाल सरकारको आत्मविश्वासलाई थप सुदृढ बनाएको भन्दै साझा राष्ट्रिय लक्ष्य सम्पन्न गर्र्न असंख्य नयाँ कार्यसूचि सहित नयाँ वर्ष २०७६ ले हामीलाई स्वागत गरेको बताए ।

उनले भ्रष्टाचारमा शुन्य सहनशिलताको अपनाइने बताएका छन् । भ्रष्टाचार विरुद्ध लड्न सजिलो नभएकोले त्यसका लागि समय लाग्ने बताए । उनले २०७५ साल नीति निर्माण र विकासको आधार तयार गर्ने सन्र्दभमा पनि निकै उपलब्धिमूलक रहेको उल्लेख गरे । उनले एक बर्षमा सरकारले कामै गरेन भन्नु भन्दा पनि सरकारले अघि सारेका कार्यक्रमको प्रगतीका बारेमा प्रश्न गर्नु पर्ने बताए ।

२०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताएका छन् । सम्बोधनको क्रममा उनले सरकारका उपलब्धिको चर्चा पनि गरे । प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धिको रुपमा व्याख्या गरेका छन् । भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको पनि प्रष्ट पारे ।

विभिन्न जालझेल गरेर माफियाहरुले कब्जा गरेका सरकारी जग्गाहरु फिर्ता गराउने अभियान सुरु भइसकेकाले अब सरकारी सम्पत्ति कुनै पनि हालतमा दूरुपयोग हुन नदिने प्रतिबद्धता समेत जनाए । अब देशलाई अति कम विकसित मुलुकबाट विकसित मुलुकको रुपमा अघि बढाउन सरकार लागिरहेकाले त्यसमा सबैको साथ र सहकार्य जरुरी रहेको पनि उनको भनाइ थियो । यो सम्बोधन प्रधानमन्त्रीको देशबासीको नाममा तेस्रो सम्बोधन हो ।

प्रधानमन्त्रीले आप्mनो सम्बोधनमा आफनो सम्पुर्ण गतिविधिलाई उललेख गर्न भुलेको छैनन् । उनले संचारकर्मीहरुलाई आफनो प्रगतिको बारेमा प्रश्न गर्न पनि सुझाव समेत दिएका छन् । यसरी प्रधानकमन्त्रीले आफ्नो सरकारको काम कारवार्हीको प्रगतीको बारेमा भनिरहँदा कति काम भएका छन् भनेर जनताले सरकारको मुल्याङ गर्ने बेला आएको छ । सरकारले ल्याएका कार्यक्रमहरु सकारात्मक भएपनि सफल कार्यान्वयनको अभाव रहेको वर्तमान समयमा योजना सार्वजनिकसंगै कार्यन्वयन पक्षलाई सवल बनाउनुपर्ने आवश्यकता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);