फेसबुकमा राष्ट्रपतिका बारेमा अश्लिल शब्द प्रयोग गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

काठमाडौँ, २८ मंसिर। सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपतिलाई अमर्यादित शब्द प्रयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको कालीमाटीमा बस्दै आएका तनहुँ बन्दीपुर–३, का २० वर्षका विवेक बानियालाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ दफा ४७ अनुसार यस प्रकारको अपराधमा ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।

ताजा समाचार