कांग्रेसका नेता महेन्द्र यादव भन्छन् प्रचण्डलाई हाम्रो समर्थन छ, प्रधानमन्त्री बन्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, २८ मंसिर। नेपाली कांग्रेसका नेता महेन्द्र यादवले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्ने तर एमाले अध्यक्ष केपी ओली स्वीकार लायक नहुने बताएका छन्।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले भने, ‘परिवर्तनका एजेण्डालाई कार्यान्वयन गर्न माओवादीले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ । माओवादी एमालेको पिछलग्गु हुनुहुँदैन, किनकी एमाले सबै उपलब्धिहरु गुमाउने तरखरमा छ ।’

उनले प्राप्त उपलब्धि रक्षाका लागि प्रचण्ड देशको अभिभावकको भूमिकामा आउनुपर्ने धारणा राखे । ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, उपलब्धिहरु संस्थागत हुन्छन्’ उनले भने, ‘उहाँ आफैं प्रधानमन्त्रीको रुपमा अघि बढ्नुपर्छ, हाम्रो समर्थन रहन्छ ।’

उनले एमाले अध्यक्ष ओलीलाई भड्काउ नेताको रुपमा चित्रण गरे । यादवले थपे, ‘ओलीजी अतिवादी कुरा गर्ने नेता हो । देशलाई त अहिले सबैलाई मिलाएर लैजान सक्ने नेता चाहिएको छ, त्यो भनेको प्रचण्ड हो, उहाँलेमात्रै सबैलाई मिलाएर लैजान सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।’

विगतमा प्रचण्डको भूमिकाले पनि सबैलाई समेटेर लैजान सक्ने विश्वास पैदा गरेको उनले बताए । यादवले भने, ‘प्रचण्डजी सहनशील, अनुभवी, स्थिर, नआत्तिने र मुलुक र जनताप्रति अति नै संवेदनशील र जिम्मेवार नेता हुनुुहुन्छ, त्यसैले उहाँ गार्जियन बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ ।’

कांग्रेसले सबैलाई मिलाएर लैजान खोजेको तथा अतिवादी कुरा नगरेकाले चुनाव हारेको यादवले बताए । तर, कांग्रेसभित्र देउवाको विकल्प नभएको भन्दै उनले भने, अहिले विशेष महाधिवेशनको आवश्यक छैन ।’

देउवा निकट मानिएका यादवले चुनावको समिक्षा र भावी रणनीति तय गर्नेबारे बरु छिट्टै महासमिति बैठक बस्ने र उक्त बैठकले पार्टीलाई कसरी सुधार गर्ने भनेर छलफल हुने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);