देवी ज्ञवाली भन्छन् - 'चितवनमा प्रचण्डलाई जिताउने जिम्मा मेरो' | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

काठमाडौँ, ८ कार्तिक । भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालसँग चुनाव हारेका एमाले नेता देवी ज्ञवालीले चितवनमा प्रचण्डलाई चुनाव जिताउने जिम्मा आफूहरुको रहेको बताएका छन्। देवीकै कारण प्रचण्ड चितवनबाट चुनाव नलड्ने हल्ला संचारमाध्यममा आइरहेका बेला उनले सामाजिक संजाल फेसबुकमार्फत प्रचण्डलाई जिताउने जिम्मा लिएका हुन्।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट एमाले नेता देवीप्रसाद ज्ञवाली र एमाले कार्यकर्ताको विरोधका कारण बर्दियाबाट उठ्ने भएको समाचारप्रति हाम्रो ध्यान आकर्षित भएको छ’, ज्ञवालीले भनेका छन्, ‘चितवनममा वामपन्थी एकताको सबैभन्दा पहिले समर्थन गर्ने व्यक्ति देवी ज्ञवाली हो।’

ज्ञवालीले स्थानीय तह निर्वाचनताका कसले कहाँ के गर्यो भन्ने कुरा जगजहेर रहेको बताउँदै त्यसपछिका सकारात्मक कामलार्इ स्वीकार्नुपर्ने उल्लेख गरेका छन्। (तस्विर प्रकाश दाहालको फेसबुकबाट)

ताजा समाचार