कार्यकर्ता वाम गठवन्धनमा लागेपछि बालुवाटारमा वैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

 

काठमाडौं, ८ कार्तिक । प्रदेश सभा र प्रतिनिधि सभा दोश्रो चरणको निर्वाचन हुने क्षेत्रबाट सिफारिस भएका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउन कांग्रेस संसदीय बोर्डको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान सुरु भएको बैठकले गठबन्धनमा रहेका राजनीतिक दलहरुसँगको निर्वाचनमा सहकार्यता लगायत विषयमा पनि ठोस निष्कर्ष निकाल्ने बताइएको छ।

सिफारिस नाम माथि छलफल गरेर पार्टीमा निरन्तर क्रियाशिल सदस्यलाई उम्मेदवारका रुपमा सारिने केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले बताए। योगदान र क्रियाशिलतालाई नहेरी चरम नातावाद र कृपावादमा नाम चयन गरिएको भन्दै कांग्रेस नेतृत्वले आलोचना खेप्दै आएको छ।

पार्टीमा योगदान पुर्याउनेलाई पाखा लगाएको भन्दै कार्यकर्ताहरू वाम गठवन्धनमा लागेपछि वैठक डाकिएको भनिएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा बैठक चलिरहदा कार्यलय बाहिर चुनावमा टिकट माग्ने, सिफारिस गर्ने स्थानीयस्तरका नेता कार्यकर्ताको उल्लेख्य भीड लागेको देखिन्थ्यो।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);