राप्रपा नेत्री उम्मेदवारी छाड्दै कांग्रेसमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

काठमाडौँ, ८ कार्तिक । राप्रपा पार्टी पूर्व सांसद राज्यलक्ष्मी पाण्डे (श्रेष्ठ) ले उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको घोषणा गरेकी छिन् । उनले हालै राप्रपा राष्ट्रवादीका तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी थिइन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले आफु अब राप्रपा राष्ट्रवादीको साधारण सदस्य समेत नरहने गरी आफु निक्लिएको बताएकी छिन्। उनले बुधबारै निर्वाचन आयोगमा पनि उम्मेदवारी फिर्ता लिएको सुचना दर्ता गराएकी छिन्।

आफुले गहण बिचार गरेर कांग्रेसमा प्रवेश गरेको उनले बताएकी हुन्। कांग्रेस प्रवेशसँगै उनले कांग्रेसबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेता अर्जुननरसिंह केसीलाई सहयोग गर्ने समेत प्रष्ट पारेकी छिन्।

श्रेष्ठले केहि दिन अघि मात्रै राप्रपा राष्ट्रवादीमा प्रवेश गरेकी हुन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);