राप्रपाका उम्मेदवार दीपक बाेहाेरालाई एमाले र जसपाकाे समर्थन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राप्रपाका उम्मेदवार दीपक बाेहाेरालाई एमाले र जसपाकाे समर्थन

रुपन्देही। राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही  क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा  उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी, नेपाल (जसपा) गठबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । बोहरा २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका थिए । गत निर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार घनश्याम भुसालसित बोहरा पराजित भएका थिए । त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यादव २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए ।

क्षेत्र नम्बर ३ (ख)बाट प्रदेशसभामा एमालेका तुल्सी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

बाेहराकाे प्रतिस्पर्धा गृहमन्त्री तथा का‌ंग्रेस नेता खाणसित हुन लागेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);