बालबालिका प्रयोग गरेर लागूऔषध कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालबालिका प्रयोग गरेर लागूऔषध कारोबार

दाङ । दाङमा आगूऔषध कारोबारमा बालबालिकाहरूको प्रयोग देखिएको छ । लागूऔषध कारोबारीहरूले महिना र बालबालिकाहरूको प्रयोग गरेको प्रहरीले बताएको छ । मुख्य कारोबारी नभेटिने र उनीहरूले कम उमेरकालाई बेचविखनका लागि परिचालन गर्ने प्रहरीले विभिन्न समयमा पक्राउ गरेको व्यक्तिहरूबाट प्रस्ट हुने गरेको छ । 

पछिल्लो समय प्रतिबन्धित लागूऔषधको कारोबार बढ्दै गएको छ । प्रहरीले दैनिक जसो जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध कारोबारीहरूलाई पक्राउ गरी उनीहरूलाई सार्वजनिकसमेत गर्ने गरेको छ । लागूऔषधको कारोबारमा २५ वर्षदेखि माथिको उमेर समूह सक्रिय बन्दै गइरहेका बेला पछिल्लो समय २० वर्ष मुनीका व्यक्तिहरूको प्रयोग बढ्दो देखिएको छ । किशोरकिशोरीसमेत लागूऔषधको कारोबारमा संलग्न हुन थालेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार प्रतिबन्धित लागूऔषध (ब्राउन सुगर) सहित दुई दिनमा तुलसीपुरबाट दुई किशोरी सहित पाँच जना  पक्राउ परेका छन् । भने पुस महिनामा मात्रै तुलसीपुर क्षेत्रबाट लागूऔषध कारोबार गर्ने करिब २४ जना व्यक्तिहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालका अनुसार दुई दिनको अवधिमा ३ महिला र २ पुरुषलाई लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीय दिपु नेपाली, तुलसीपुर–६ बरुवागाउँ निवासी २४ वर्षीय उर्मिला चौधरी रहेका छन् । यसैगरी तुलसीपुर–६  बरुवा गाउँकै २९ वर्षीय रुद्रमणि पोखरेल शर्मा र तुलसीपुर–७  सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् ।

पक्राउ परेका उनीहरूको साथबाट ५ ग्राम ७सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);