लागूऔषधको साटो ‘फर्मास्युटिकल ड्रग' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लागूऔषधको साटो ‘फर्मास्युटिकल ड्रग’

1467962569addiction

काठमाडौं,१९ पुस। लागूऔषध दुव्र्यसनीहरू हिरोइन, गाँजा, चरेसको विकल्पमा पछिल्लो समय ‘फर्मास्युटिकल ड्रगु प्रयोग गर्न थालेको प्रहरी अध्ययनले देखाएको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो एनसीबी ले गरेको अध्ययनले दुव्र्यसनीले खैरो हेरोइन, गाँजा, चरेसको साटो फर्मास्युटिकल ड्रग डाइजेपाम, बुप्रिनर्फिन, डाइजेल्याब, नर्फिनलगायत को प्रयोग गर्न थालेको देखाएको हो।

सन् २०१७ जनवरी देखि डिसेम्बरसम्म एनसीबीले बरामद गरेको लागूऔषधको परिमाण र पक्राउ परेका कारोबारीको बयानबाट यो तथ्य बाहिर आएको हो। एनसीबीका अनुसार जनवरीदेखि डिसेम्बरसम्म ४८ हजार २ सय ८५ एम्पुल डाइजेपाम र बुप्रिनर्फिन ३४ हजार ८ सय २३ एम्पुल बरामद भएको छ। यो अघिल्ला वर्षको परिमाणभन्दा धेरै हो। प्रहरीले त्यस अवधिमा पक्रेका ३ हजार ९ सय ४० जना लागूऔषध कारोबारीमध्ये १ सय ४३ जना भारतीय र १५ जना अन्य देशका छन्। लागूऔषध कारोबारमा महिलाको पनि सक्रियता देखिएको छ। पक्राउमध्ये महिला नै १ सय ५६ जना छन्।

सन् २०१७ मा देशभर १२ हजार ६ सय ८५ वटा आपराधिक घटनाको उजुरी दर्ता भएको थियो। तीमध्ये ७ प्रतिशत ९९ सय १२० घटना लागूऔषधसम्बद्ध रहेको एनसीबीले जनाएको छ। एनसीबीका अनुसार खैरो हेरोइन र कोकिनका दुव्र्यसनी नगन्य संख्यामा छन्। एनसीबीले देशमा रहेका केही सुधारगृहमा समेत सोधपुछ गरेको थियो। सुधारगृहमा आउने अधिकांश युवा फर्मास्युटिकल ड्रगकै दुव्र्यसनी रहेको तथ्य खुलेको थियो। २०१७ भर एनसीबीले ५ किलो २७ ग्राम कोकिन, ६९ किलो ६ ग्राम अफिम र ४ किलो २ सय २१ ग्राम हेरोइन बरामद गरेको छ। त्यसैगरी १ हजार ३ सय ७३ किलो चरेस र ३ हजार ७ सय ७५ किलो गाँजा बरामद भएको छ। बरामद गाँजा चरेस बनाउन भारत पठाउने र भारतीय कारोबारीले चरेस बनाएपछि फेरि नेपाल हुँदै जापान र युरोपेली देश पठाउने गरेको एनसीबीको अध्ययनले देखाएको छ।

एनसीबी प्रमुख डीआईजी ठूले राईका अनुसार सजिलै पाउने, नसा बराबर र सस्तो भएकाले दुव्र्यसनीले फर्मास्युटिकल ड्रग्स प्रयोग गर्न थालेका हुन्। काठमाडौंलगायत देशका प्रमुख सहरमा अहिले फर्मास्युटिकल ड्रगको कारोबार बढी हुन थालेको छ। लागूऔषध दुव्र्यसनीमध्ये ६५ प्रतिशतले अहिले यस्तै लागूऔषध प्रयोग गरिरहेको दाबी एनसीबीको छ। भारत(नेपाल सीमा खुला भएकाले पनि कारोबारीलाई लागूऔषध नेपाली बजारमा फैलाउन सजिलो छ। भारतीय कारोबारीले नेपाली बजारमा खासगरी जनकपुर, भैरहवा, सुनसरी, विराटनगर र वीरगंजको सीमा प्रयोग गरी ल्याउने एनसीबीको अध्ययनले जनाएको छ। अधिकांश लागूऔषध दुव्र्यसनी १८(२६ वर्ष उमेर समूहका युवायुवती छन्। एनसीबी प्रमुख डीआईजी राईका अनुसार धेरै लागूऔषध दुव्र्यसनमा कक्षा १० देखि प्लसटुसम्मका युवायुवती छन्। सम्भ्रान्त परिवारदेखि मध्यमवर्गीय परिवारका युवायुवती दुव्र्यसनमा लागेको प्रहरीले जनाएको छ।

राजधानी र उपत्यका बाहिरका केही औषधि बिक्रेताले कुनै अभिलेख नराखी नाफा कमाउन फर्मास्युटिकल ड्रग बिक्री गरेकाले पनि अहिले थप समस्या उत्पन्न भएको डीआईजी राई बताउँछन्। उनले भने, ‘हामीले जानकारी पाएका कारोबारीलाई कारबाहीको दायरामा ल्याएका छौं। तर के चुहावटले मात्रै बजार धानेको होला त रु नियमनकारी निकाय पनि यसमा संवेदनशील हुनुपर्ने बेला आएको छ।

फर्मास्युटिकल ड्रगको नियमन र अनुगमन औषधि व्यवस्था विभागले गर्दै आएको छ। विभागले कहिलेकाहीँ औपचारिकताका लागि मात्रै अनुगमन गर्दै आएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन्, ‘हो केही फार्मेसीले झुटो लगत देखाएर पनि यस्ता औषधि बेचिरहेका छन्। हामीले त्यस्ता फार्मेसीलाई कारबाही र निलम्बन गरेका छौं। उनले विभागले प्रयास गर्दागर्दै पनि दुव्र्यसन नरोकिएको र अवस्था जटिल बन्दै गएको बताए। फर्मास्युटिकल ड्रग आफैंमा लागूऔषध होइन। महिलाहरू प्रसूति हुँदा वा शल्यक्रियाका बेला पीडा कम गर्न यस्ता औषधि प्रयोग गरिन्छ। तर दुव्र्यसनीले अन्य लागूऔषधजस्तै नसा लाग्ने भएकाले यसको प्रयोग गर्दै आएको बुझाइ विभागको छ।आजको अन्नपुर्णपोस्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);