१६ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

१६ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गर्ने पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गरेको अभियोगमा पर्सा धोबीनी गाउँपालिका ५ बस्ने २७ वर्षीय फैज उल्लाह साहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ९ त्रिभुवन बिमानस्थल कार्गो कम्प्लेक्सबाट अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको अवैध लागूऔषध गाँजा २ किलोग्राम लिन गएकी १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा ती किशोरीलाई साहले परिचालन गरी लागूऔषधको कारोबार गरेको खुल्न आएपछि साहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह उपर जिल्ला अदालत काठमाडौंबाट म्याद लिई लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);