धनगढीमा बम विस्फोट हुँदा एकको मृत्यु, चार जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धनगढीमा बम विस्फोट हुँदा एकको मृत्यु, चार जना घाइते

dhanagadi bomb bispot

कैलाली, ३ साउन । कैलालीको धनगढीमा बम विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको छ ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विष्फोटमा घाइते भएका अन्य चार जनाको धनगढीमा उपचार भैरहेको छ । घाइते हुनेहरुमा लक्ष्मण सेरेला, मोविन खाँन, जितेन्द्र यादव र केशवराज पाण्डे रहेका छन् । बम बिस्फोट कसले गरायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । घटना स्थलमा एक थान पेस्तोल समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । यसैबीच विप्लव समूहका कैलाली जिल्ला सेक्रेटरी प्रकाशले एक विज्ञप्ती जारी गर्दै कैलालीको वम विष्फोटको घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको स्पष्ट पारेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);