गाउँ फर्कंदा बाँच्ने आस छैन | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

गाउँ फर्कंदा बाँच्ने आस छैन

sutkeri

भीमफेदी, ३ साउन ।  शिला थिङ १४ दिनकी सुत्केरी छिन्। राम्ररी हिँडडुल गर्नै सक्दिनन्। उनका श्रीमान् इमानसिंह साँझपख सुत्केरी श्रीमतीका लागि खाना पकाउँदै थिए। घरमाथिबाट पहिरो, मुनिबाट भेलबाढीको तीव्र कटानले जोखिम बढाइरहेको थियो। घरभित्रै भेल छिर्न थालेपछि पाक्दै गरेको खाना छाडेर उनी श्रीमती, १४ दिने छोरा र साढे दुई वर्षका अर्का छोरा च्यापेर घरबाट निस्किए।

घरछेउको भेल तर्न नसकेपछि मध्यरात एस्काभेटरमार्फत उनीहरूको उद्धार गरियो। भीमफेदी बजारस्थित हात्तीसारको सामुदायिक भवनमा परिवारलाई सुरक्षित तवरले राखेपछि मात्र उनले ढुक्कको श्वास लिन सके।

असार २६ को साँझ सम्झिँदा २० वर्षीया शिला विचलित हुन्छिन्। न खानेकुराको ठेगान छ न त व्यवस्थित बसोबास। सेनाले बनाइदिएको जस्ताको टहरामा अस्वस्थ शरीर लिएर आ श्रय लिइरहेकी छन्। उनको नवजात शिशु पनि बिरामी छ।

‘चिसो सिमेन्टमा बस्नुपरेको छ। घरबाट एकसरो कपडाबाहेक केही झिक्न पाइनँ’, उनले दुखेसो पोखिन्, ‘आलु र भात खाएर बसेको ६ दिन भइसक्यो। सुत्केरी ज्यान, म पनि बिरामी छु। बच्चालाई झाडापखाला र ज्वरोले छाडेको छैन।’यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।